जन आकाश
काठमाडौ । डा.नवराज रिजालद्वारा लिखित गीतिसंग्रह देखेको छु तिमीलाई आज एक समारोहका विच लोकार्पण भएको छ। प्रमुख अतिथि साहित्यकार दुर्गाप्रसाद श्रेष्ठ रहेको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा गीतकार डा.नवराजका गीतमा राष्ट्रिय भाव समेटिएको कुरा व्यक्त गर्दै सडक विमोचन अभियानका कोषाध्यक्ष तथा साहित्यकार राजाराम बर्तौलाले गीतले भूगोल र राष्ट्रिय भाव समेटिएको बताएका छन्। साहित्यकार प्रमोद प्रधान, डा.शैलेन्दुप्रकाश नेपालु डा.छायादत्त न्यौपानेले गीतकार रिजालको कृतिमा प्रकृति संरक्षण र जीवन जगतका विभिन्न पक्ष समेटिएको कुरा व्यक्त गर्दै उनले आफ्नो वैचारिकता प्रस्तुत गरेको बताए ।
गीतकार रिजालको कृति र जीवन वृतलाई प्रस्तुत गर्दै कवि तथा समालोचक तेजविलास अधिकारीले रिजालका गीतमा राष्ट्रिय भाव समेटिएका कुरा बताएका हुन् कृति र कृतिकारका बारेमा बोल्दै अभियानका संयोजक बद्रीप्रसाद ढकालले सडक विमोचन को १७ औं शृङ्खलामा आज विमोचित कृतिहले देश बोलेको छ भने ।
कार्यक्रममा भाषा आयोगका सदस्य मातृका पोखरेल, डा पुष्करराज भट्ट, गीतकार वसन्तराज अज्ञात लगायत दुई दर्जन साहित्यकार पत्रकारको उपस्थित रहेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend