जन आकाश
नेपालमा रासायनिक मल कारखाना छिटो स्थापना गर्नुपर्ने दाईत्व नेपाल सरकारको हो । डा. बाबुुराम भट्टराईको अर्थमन्त्री हुदानै अध्ययन भएर बसेको योजना आजसम्म पनि कार्यन्वयनमा नआउनुु दुखको विषय हो । यतिवेला जेन्जी विद्रोहवाट १८२ सिटसहितको स्पष्ट बहुुमत भएको सरकार छ । यो सरकारले जनता र देशको हितमा हुने निर्णयहरु एकलौटी रुपमा गर्न सक्छ । यस्तो अवसर संसारमा नै विरलै हुने गर्दछ । देश र जनताको हितमा हुने कार्यहरु विगतका सरकारहरु एक–अर्को पार्टी मिलेर बनेका कारण एउटा पार्टीले गर्नुपर्छ भन्दा अर्को पार्टीको मन्त्रीले वा त्यस पार्टीलाई सञ्चालन गर्ने अर्को कुनै वाहिय शक्तिले रोकावट गरेका कारण नेपालको रासायनिक मल कारखाना स्थापनाको विषय पर पर धकेलिदै आएको छ ।
नेपालमा लगभग वार्षिक ५ लाख २० हजार मेट्रिक टन रासायनिक मल खपत हुन्छ । तीन मौसममा फरक–फरक मात्रामा मल प्रयोग हुने कुषि वन तथा पर्यावरण मन्त्रालयको तथ्याङकमा देखिन्छ । जेठदेखि असोजमा उत्पादन हुने धान, चिया, उखु, तरकारी खेतीका लागि २ लाख ४९ हजार मेट्रिक टन रासायनिक प्रयोगमा आउने गरेको छ । यस्तै, कात्तिकदेखि पुससम्म गहुँ, उखु, तरकारी आदि बालीका लागि १ लाख ७७ हजार मेट्रिक टन मल प्रयोग हुन्छ । माघदेखि वैशाखसम्म चैते धान, मकै, तरकारी बालीमा ९४ हजार मेट्रिक टन मल प्रयोग हुन्छ । वर्षभरीमा युरिया ३ लाख १० हजार मेट्रिक टन, डीएपी १ लाख ९० हजार मेट्रिक टन र पोटास २० हजार मेट्रिक टन प्रयोग हुदै आएको छ । जेठदेखि असोज महिनामा उत्पादन हुने बालीमा युरिया १ लाख ६० हजार मेट्रिक टन, डीएपी ९० हजार मेट्रिक टन र पोटास ९ हजार मेट्रिक टन गरी २ लाख ४९ हजार मेट्रिक टन रासायनिक मल प्रयोग हुुदै आएको छ । कात्तिकदेखि पुस महिनामा उत्पादन हुने बालीमा युरिया १ लाख मेट्रिक टन, डीएपी ६० हजार मेट्रिक टन र पोटास ७ हजार मेट्रिक टन गरी १ लाख ७७ हजार मेट्रिक टन रासायनिक मल प्रयोग हुने गर्दछ ।
माघदेखि वैशाखसम्म हुने बालीमा युरिया ५० हजार मेट्रिक टन, डीएपी ४० हजार मेट्रिक टन र पोटास ४ हजार मेट्रिक टन गरी कुल ९४ हजार मेट्रिक टन मल प्रयोग हुन्छ । सरकारले २०८३/८४ का लागि ३२ अर्ब ४६ करोड विनियोजित गरेको छ । वार्षिक रुपमा यतिधेरै रकम विदेश जाने र कृषि प्रधान देश भनेर रटाई रटाई पढाउने नेपालमा कृषको लागि चाहिने रासायनिक मलको कारखाना समेत नहुनुु विडम्बना नै मान्नुुपर्छ । त्यसकारण ५/६ वर्ष मल किन्ने पैशा एकैपटक लगानी गरेर रासायनिक मल कारखाना स्थापना गरेर नेपालका किसानलाई प्रत्येक वर्ष समयमा रासायनिक मल वितरण गरेर उत्पादन बढाउन सकिन्छ । यो काम सरकारले चाडै गरोस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend