जन आकाश
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।
बिहीबार बसेको समितिको बैठकले उपसमितिले तयार पारेको प्रतिवेदनलाई पारित गरेको समिति सभापति हरि ढकालले जानकारी दिए। समितिले विधेयक अध्ययन तथा प्रतिवेदन तयार गर्न यसअघि उपसमिति गठन गरेको थियो।
सभापति ढकालले प्रतिवेदनलाई अन्तिम रूप दिन समिति सचिवलाई निर्देशन दिँदै आजै बस्ने प्रतिनिधि सभाको बैठकमा प्रतिवेदन पेस गरिने बताए।
यसैबीच, समितिले विधेयक अध्ययन गर्न २०८३ भदौ ४ गते गठन गरेको उपसमितिमा सदस्यको जिम्मेवारी पनि हेरफेर गरेको छ। दिपकराज बोहराको स्थानमा गजला समिम मिकरानीलाई २०८३ भदौ २२ गतेदेखि लागू हुने गरी जिम्मेवारी तोकिएको समितिले जनाएको छ।
समितिका अनुसार राज्य व्यवस्था तथा सुशासन समितिको कार्यविधि, २०८३ को दफा ५ को उपदफा ३ बमोजिम उक्त जिम्मेवारी हेरफेर गरिएको हो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend