जन आकाश
काठमाडौं । नेकपा एमालेकी मधेस प्रदेशसभा सदस्य जैनब खातुनको निधन भएको छ। रौतहट क्षेत्र नम्बर ३ बाट समानुपातिकतर्फ प्रदेशसभा सदस्य रहेकी खातुनको बुधबार राति वीरगञ्जस्थित नेशनल मेडिकल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तियाकी खातुनलाई बुधबार अचानक रगतमा चिनीको मात्रा बढेपछि उपचारका लागि अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको निधन भएको छोरा रौजन मियाँले जानकारी दिएका छन्।
खातुन नेकपा एमालेबाट समानुपातिकतर्फ मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएकी थिइन्। उनी प्रदेशसभाको अर्थ तथा योजना समितिकी सदस्यसमेत थिइन्। उनको निधनपछि परिवार, आफन्त, शुभेच्छुक तथा स्थानीयवासी शोकमा परेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend