logo बिहिबार, असोज १ २०८३ | Thursday 17th September 2026

आज विश्वकर्मा पूजा, भद्रकालीमा सवारीसाधन पूजा गर्नेको भीड


  • जन आकाश
  • बिहिबार, असोज १ २०८३

काठमाडौं । आज आश्विन सङ्क्रान्तिका दिन विश्वकर्मा देवताको विधिपूर्वक पूजाआराधना गरी वास्तु दिवस तथा विश्वकर्मा पर्व मनाइँदै छ।



हरेक वर्ष आश्विन सङ्क्रान्तिका दिन कलकारखाना, उद्योग तथा विभिन्न कार्यस्थलमा भगवान् विश्वकर्माको पूजा गर्ने परम्परा छ। यस अवसरमा कलकारखाना तथा कार्यस्थललाई विशेष रूपमा सजाएर श्रमिकहरूले विश्वकर्माको पूजा आराधना गर्ने गर्छन्।

विश्वकर्मा पूजाका दिन कालिगढले प्रयोग गर्ने औजार तथा उपकरणको पूजा गरेमा ती लामो समयसम्म टिक्ने, कामका क्रममा नबिग्रने र राम्रो काम गर्न सकिने धार्मिक विश्वास छ।

यसैबीच, काठमाडौंको भद्रकालीमा सवारीसाधनको पूजा गर्नेहरूको भीड लागेको छ। सवारीधनी तथा चालकहरूले आफ्ना सवारीसाधनलाई सजाएर विश्वकर्माको पूजा गरी सुरक्षित यात्राको कामना गरिरहेका छन्।

विश्वकर्माको मूर्ति तथा पूजामा प्रयोग गरिएका सामग्रीहरू पूजा सम्पन्न भएपछि सुन्दरीजलस्थित बागमतीको मुहान वा अन्य शुद्ध स्थानमा लगेर विसर्जन गर्ने परम्परा पनि रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend