logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

एसइइको परिक्षामा लापरवाहीः विद्यार्थीको कपीनै हरायो


  • जन आकाश
  • शुक्रबार, असोज २ २०८३

काठमाडौ । शिम्बल नं.०२८०११५७ U रहेको शान्ति निकेतनमा अध्ययन गरेकी सम्पदा सुनुवार विद्यार्थीले २०८२ को परिक्षा पद्य मावि भक्तपुरवाट परिक्षा दिईन र उक्त परिक्षाको नतिजा प्रकाशन भएपछि उनलाई चित्त नबुुझेर पुनः मौका परिक्षा दिइन । त्यसपछि पनि पहिला जस्तो नम्बार आयो त्यस्तै नम्बर आएपछि विद्यार्थीलाई झनै संका लागेर रिटोटलिङको माग गर्न पाउने अधिकारलाई प्रयोग गर्दै उनले राष्ट्रिय परिक्षा बोर्डको कार्यलयमा निवेदन दिइन तर उनको गणित विषयमा परिक्षा दिएको कपी नै भेटिएन । कपी नभेटिएपछि काहा भेटिन्छ त भनेर सोद्धा तपाईले परिक्षा दिएको परिक्षा केन्द्र पद्य माविमा गएर एकपटक बुझ्नुस भनेपछि परिक्षा केन्द्रमा गएर बुझेपछि याहावाट त भक्तपुर जिल्ला शिक्षा कार्यालय इकाईमा जान्छ भनेर भनेपछि त्याहा गएर बुझ्दा जिल्ला शिक्षा इकाई कार्यालयमा पद्यम मा.वि भक्तपुरले सम्पदा सुनुवारको परिक्षाको दिन हाजिर कपीमा हाजिर भएको रेकर्ड भेटियो तर सम्पदा सुनुवारले परिक्षा दिएको गणित कपी भेटिएन त्यसपछि राष्ट्रिय परिक्षाबोर्डलाई पत्र लेखिदिन आग्रह गरिन र राष्ट्रिय परिक्षा बोर्डमा पुगिन त्यसपछि समस्याको सावधान नभएर उनको महिनौ बित्यो र आफ्नो रिटोटलिङ हुने आस मर्दै गयो त्यसपछि भरखरै बनेको नेपालमा जेन्जीको बलमा बनेको सरकारले गराएको निर्वाचनवाट आएको रास्वपाको नेतृत्वमा बनेको सरकारले त सवैको न्याय गर्छ भन्ने सुुनेर शिक्षा मन्त्रालय, हेलो सरकार सम्म निवेदन दिएको तर कतै सुुनुवाई नभएको भनेर सम्पदा सुनुवारको अभिभावकको भनाई छ । त्यसपछि जन आकाश मिडियाले जिल्ला शिक्षा इकाई कार्यालय भक्तपुरका कार्यालय प्रमुख सरिता शर्मासँग बुझ्दा शर्माले, “हामीले राष्ट्रिय परिक्ष बोर्डमा सिफारिस पठाएका छौ ।



राष्ट्रिय परिक्षा बोर्डमा एउटा समितिले छलफल गरेर कहा समस्या भएको हो अन्याय भएको रहेछ भने न्याय हुन्छ” भनिन त्यसपछि हामीले राष्ट्रिय परिक्षा बोर्डकी प्रबक्ता जयन्ती सत्यालसँग कुरा गर्दा उनले भनिन, “सम्पदाको केही दिन अगाडी हामीकाँह आएको छ । एक दुईदिनमा हामी उनलाई एकदुईदिनमा छलफलमा बोलाएर न्याय दिने काम र्गछौ ।” शिक्षा क्षेत्रका निकायवाट त्रुटी भएको हो भने त्यो सच्याएर आउदा दिनमा यस्ता त्रुटी नहुनेगरी काम गर्नुपर्ने देखिन्छ । विद्यार्थीको तर्फवाट त्रुटी भएको हो भने पनि त्यसको छानवीन गरेर कारवाही हुनुपर्छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend