जन आकाश
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत कृष्णभीरमा शुक्रबार बिहान सवारीसाधनको चाप बढेको छ। बिहीबारदेखि सञ्चालनमा आएको कृष्णभीरमा शुक्रबार बिहान लामो जाम देखिएको हो।
मुग्लिन–नारायणगढ सडकखण्डको १५ किलोमा बिहान लेदोसहितको पहिरो खसेपछि केही समय सवारीसाधन एकतर्फी सञ्चालन भएका थिए। बिहान सवा ९ बजे लेदो हटाएपछि उक्त क्षेत्रमा दुईतर्फी सवारी सञ्चालनमा आएको थियो।
तर धादिङको जवाङ खोला–कृष्णभीर र मौवा खोलाको बीचमा पुनः पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको छ। अहिले कृष्णभीर क्षेत्रमा पनि सवारीसाधन एकतर्फी सञ्चालन भइरहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend