जन आकाश
काठमाडौं । सिप्रदी यात्रीले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर ‘यात्री पी२’ को मूल्य औपचारिक रूपमा सार्वजनिक गरेको छ। कम्पनीका अनुसार पी२ को सुरुवाती मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ रहेको छ।
नेपालका विविध तथा चुनौतीपूर्ण सडक र भौगोलिक अवस्थालाई ध्यानमा राखेर विकास गरिएको पी२ सहरी आवतजावतमा मात्र सीमित नभई उकालो, घुम्ती सडक, दैनिक ट्राफिक तथा लामो दूरीको यात्राका लागि समेत लक्षित गरिएको कम्पनीले जनाएको छ।
पी२ मा कार्यक्षमता, रेन्ज, सहज चार्जिङ, कनेक्टिभिटी र राइडर केन्द्रित प्रविधिलाई एउटै प्लेटफर्ममा समेटिएको छ। ग्राहकले आवश्यकता र प्राथमिकताअनुसार ब्याट्री क्षमता, रंग तथा कम्फर्ट र कनेक्टिभिटीका विभिन्न विकल्प छनोट गर्न सक्नेछन्।
स्कुटरमा पीएमएसएम मिड–ड्राइभ मोटर प्रयोग गरिएको छ, जसले पांग्रामा ३१५ एनएम टर्क उत्पादन गर्ने कम्पनीको दाबी छ। एक्टिभ्ली कुल्ड हाई–पावर कन्ट्रोलरले विशेषगरी उकालो सडकमा निरन्तर कार्यक्षमता कायम राख्न सहयोग गर्ने बताइएको छ।
पी२ मा उच्च मजबुतीको स्टिल च्यासिस, लामो ट्राभल सस्पेन्सन र १४ इन्चका पाङ्ग्रा प्रयोग गरिएको छ। डुअल डिस्क ब्रेकसँगै कम्बाइन्ड ब्रेकिङ सिस्टम पनि उपलब्ध छ।
ग्राहकको आवश्यकता अनुसार पी२ मा तीनवटा ब्याट्री विकल्प उपलब्ध छन्। थप रेन्ज चाहिने प्रयोगकर्ताका लागि एक्स्टेन्डर प्याकमार्फत ५० किलोमिटरसम्म थप रेन्ज प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
पी२ मा इन्स्टल्ड अनबोर्ड चार्जर रहेको छ, जसका कारण घरमै चार्ज गर्दा छुट्टै चार्जिङ एडाप्टर बोक्नुपर्ने आवश्यकता नपर्ने बताइएको छ। ब्याट्री कन्फिगरेसनअनुसार घरमै २.५ घण्टाभन्दा कम समयमा चार्ज गर्न सकिने तथा डीसी फास्ट चार्जिङमार्फत तोकिएको अवस्थामा करिब ४१ मिनेटमा चार्ज गर्न सकिने कम्पनीको भनाइ छ।
सहरबाहिर यात्रा गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै सिप्रदी यात्रीले देशभर आफ्नो चार्जिङ नेटवर्क विस्तार गरिरहेको जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend