logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ नारासहित नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी सुरु


  • जन आकाश
  • शुक्रबार, असोज २ २०८३

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ७५औँ हिरक जयन्तीको अवसरमा नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०८३ आयोजना गरिएको छ।



सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नारासहित आयोजित प्रदर्शनीको औपचारिक उद्घाटन समारोहमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले मन्तव्य व्यक्त गरेका छन्।

अग्रवालले घरजग्गा तथा निर्माण क्षेत्रलाई व्यवस्थित, सुरक्षित र दिगो रूपमा अघि बढाउन आवश्यक नीतिगत सुधार, लगानीमैत्री वातावरण तथा सरोकारवाला निकायबीच सहकार्यमा जोड दिएका छन्।

प्रदर्शनीले सुरक्षित आवास निर्माण, आधुनिक निर्माण प्रविधि तथा घरजग्गा क्षेत्रसँग सम्बन्धित सेवा र उत्पादनबारे सर्वसाधारणलाई जानकारी प्रदान गर्नुका साथै यस क्षेत्रमा आबद्ध व्यवसायीबीच सहकार्य र व्यवसायिक अवसर विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपाल चेम्बर अफ कमर्सको ७५औँ हिरक जयन्तीका अवसरमा आयोजना गरिएको प्रदर्शनीमा घरजग्गा, आवास तथा निर्माण क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्था, व्यवसायी तथा सरोकारवालाको सहभागिता रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend