जन आकाश
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले जेन्जी उमेर समूहका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि सुरु भएको छलफलमा युवा सांसदहरूको सहभागिता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा नवीनतम प्रविधि तथा डिजिटल सुशासन, युवा स्वरोजगार र स्टार्टअप नीति, प्राविधिक शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा तथा वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयमा छलफल भइरहेको जनाइएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार अन्तरक्रियामा युवाका प्राथमिकता र समसामयिक नीतिगत विषयमा केन्द्रित रहेर गहन छलफल भइरहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend