logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

धनुषाका ९ वर्षपछि  ३८८ परिवारले पाए लालपुर्जा


  • जन आकाश
  • शुक्रबार, असोज २ २०८३

काठमाडौं । वर्षौँदेखि आफ्नो जग्गाको कानुनी स्वामित्वको प्रतीक्षामा रहेका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले ९ वर्षपछि लालपुर्जा प्राप्त गरेका छन्।



साविक रमदैया भवाडी गाविसका वडा नम्बर २, ३, ४, ६, ७ र ८ मा बसोबास गर्दै आएका परिवारको जग्गा नापजाँच २०७४ सालमै सम्पन्न भएको थियो। तर आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लालपुर्जा वितरण हुन सकेको थिएन।

नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरेपछि अहिले ३८८ थान जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो। लालपुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बस्दै आएका परिवारको जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा स्थापित भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend