जन आकाश
काठमाडौं । जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि पटक–पटक बलात्कार गरेको आरोपमा प्रहरीले करिब ६५ वर्षीय असम्जान मियाँलाई पक्राउ गरेको छ।
सोही गाउँका मियाँलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको प्रहरीले जनाएको छ। घटनापछि आक्रोशित स्थानीयले राति प्रहरी चौकी घेराउ गर्दै आरोपीमाथि कडा कानुनी कारबाहीको माग गरेका थिए।
राति करिब ९ः२० बजेपछि प्रहरी चौकी आसपासको अवस्था तनावपूर्ण बनेको थियो। स्थानीयले आरोपीलाई आफ्नो जिम्मा लगाउनुपर्ने मागसमेत गरेका थिए।
प्रहरीले आरोपीलाई नियन्त्रणमा राखेर घटनाबारे कानुनी प्रक्रियाअनुसार अनुसन्धान अघि बढाएको जनाएको छ। घटनापछि इनर्वाशिरा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend