logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

अर्थमन्त्री वाग्ले भारत भ्रमणमा, व्यापार र आर्थिक सहकार्यमा छलफल


  • जन आकाश
  • शुक्रबार, असोज २ २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत भ्रमणमा रहेका बेला नेपाल–भारतबीच व्यापार, पारवहन र आर्थिक सहकार्यका विषयमा छलफल तीव्र भएको छ। वाग्लेले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गरेका छन्।



नयाँ दिल्लीमा सेप्टेम्बर १६ र १७ मा बसेको भारत–नेपाल अन्तरसरकारी उपसमितिको बैठकमा बजार पहुँच, भन्सार सहजीकरण, खाद्य सुरक्षा, औषधि, मेडिकल उपकरण तथा आयुर्वेदजन्य उत्पादनको व्यापारबारे छलफल भएको छ।

बैठकमा रेल तथा सडक कनेक्टिभिटी, एकीकृत जाँच चौकी, स्थल बन्दरगाह र मालवाहक आवागमन सहज बनाउने विषयमा पनि छलफल भएको थियो। भन्सार प्रक्रियाको डिजिटलाइजेसन, विद्युतीय रूपमा उत्पत्तिको प्रमाणपत्र प्रमाणीकरण तथा पूर्वआगमन सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने विषयसमेत उठाइएको छ।

अर्थमन्त्री वाग्ले र भारतीय अर्थमन्त्री सीतारमणबीचको भेटमा द्विपक्षीय आर्थिक सम्बन्धसँगै नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा भारतको सहयोगबारे पनि छलफल भएको छ। वाग्लेले भारतले उपलब्ध गराएको राहत, उद्धार तथा प्राविधिक सहयोगका लागि धन्यवाद दिएका थिए।

अर्थमन्त्री बनेपछि वाग्लेको यो पहिलो औपचारिक भारत भ्रमण हो। तीनदिने भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend