logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

अधिकार र कानुनको अभावमा संघीयता प्रभावकारी हुन सकेन : एमाले


  • जन आकाश
  • शुक्रबार, असोज २ २०८३

काठमाडौं । नेकपा एमालेले संविधानले परिकल्पना गरेको संघीयताको मर्मअनुसार तीन तहका सरकारबीच समन्वय र अधिकारको स्पष्ट बाँडफाँड हुन नसकेको बताएको छ।



शुक्रबार राष्ट्रिय सभामा एमाले सांसद रोश्नी मेचेले अधिकारको अस्पष्टता, बजेट हस्तान्तरणमा असन्तुलन र आवश्यक कानुनको अभावका कारण जनताले संघीयताको पूर्ण प्रतिफल पाउन नसकेको बताइन्।

उनले संघीय निजामती सेवा ऐन र प्रहरी समायोजनसम्बन्धी कानुन नबन्दा प्रदेश तथा स्थानीय तहलाई काम गर्न समस्या भएको उल्लेख गरिन्। वित्तीय समानीकरण अनुदानलाई वस्तुनिष्ठ र न्यायपूर्ण बनाउनुपर्नेमा पनि उनले जोड दिइन्।

सांसद मेचेले अनलाइन बोलपत्र प्रणाली रोक्ने निर्णयले विकास निर्माण प्रभावित हुने दाबी गर्दै सीमान्तकृत, दलित, आदिवासी तथा सुकुम्बासी समुदायको शिक्षा, स्वास्थ्य, रोजगारी र नागरिकताको पहुँचमा विशेष ध्यान दिन सरकारसँग माग गरिन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend