जन आकाश
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारविरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनको तयारी भइरहेको बताएका छन्।
नेकपा निकट किसान महासंघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले सरकारले दमन, ज्यादती र अत्याचार सुरु गरेको आरोप लगाउँदै त्यसविरुद्ध आन्दोलन आवश्यक रहेको बताए।
उनले विभिन्न राजनीतिक दल, बुद्धिजीवी र नागरिक समाजसँग निरन्तर छलफल भइरहेको र छलफल सकारात्मक दिशामा अघि बढेको जानकारी दिए। चाडपर्वपछि देशको परिस्थितिलाई हेरेर नयाँ आन्दोलन अघि बढाउने तयारीमा आफूहरू रहेको उनको भनाइ छ
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend