logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

नविना सिलवाल ‘खुइली’ को गीत सार्वजनिक हुन नपाई गालिको बर्षा


  • जन आकाश
  • शुक्रबार, असोज २ २०८३

काठमाडौं । ‘बन्दुकको ट्रिगरभन्दा तिम्रो फिगर कडा’ बोलको गीत सार्वजनिक भएको केही समयमै विवादमा आएको छ । (Roshan Tamang Official)  युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आउन थालेका छन् ।



गीतको शब्द, भिडियोमा प्रस्तुत गरिएका दृश्य तथा त्यसमा समेटिएका विषयवस्तुलाई लिएर विवाद उत्पन्न भएको हो । विशेषगरी, केही समयअघि सामाजिक सञ्जालमा चर्चामा आएकी नविना सिलवाल ‘खुइली’ विवादमा आएकी थिइन् सोही बिषयलाई लिएर गीत विवादमा आएको बताइएको छ ।

गीत सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसको विषयवस्तु र भिडियो प्रस्तुतिको शैलीबारे प्रश्न उठाएका छन् । यद्यपि, विवादको वास्तविक कारण, भिडियो निर्माणको उद्देश्य तथा यस विषयमा सम्बन्धित कलाकार र निर्माण पक्षको आधिकारिक धारणा भने स्पष्ट रूपमा सार्वजनिक भइसकेको छैन ।

‘बन्दुकको ट्रिगरभन्दा तिम्रो फिगर कडा’ बोलको गीतमा गायक रवि ओड र गायिका नविना सिलवाल ‘खुइली’को आवाज रहेको छ । गीतका शब्द तथा संगीत शंकर सिंह ठकुरीले तयार पारेका हुन् । गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी बाबुल गिरीले सम्हालेका छन् । गीतको निर्देशन संगीत सागर बुर्जाले गरेका छन् ।

गीतको भिडियोमा रोशन तामाङ, नविना सिलवाल ‘खुइली’ र आरआर खड्काको अभिनय रहेको छ । गीतको निर्माण पक्षले मनोरञ्जनात्मक प्रस्तुतिका रूपमा भिडियो सार्वजनिक गरेको भए पनि त्यसमा समेटिएका केही विषयवस्तुलाई लिएर दर्शक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबाट प्रतिक्रिया आउन थालेको देखिन्छ ।

नविना सिलवाल ‘खुइली’ केही समयअघि सामाजिक सञ्जालमा विभिन्न विषयलाई लिएर चर्चामा आएकी थिइन् । उनीसँग सम्बन्धित विषयलाई गीतको भिडियोमा समेत प्रस्तुत गरिएको भनिएपछि गीत विवादमा तानिएको हो ।

गीतको भिडियोमा वास्तविक घटनासँग सम्बन्धित विषयवस्तु समेटिएको हो वा मनोरञ्जनका लागि काल्पनिक रूपमा प्रस्तुत गरिएको हो भन्ने विषयमा स्पष्टता आवश्यक देखिएको छ । यस गीतको हकमा पनि विवादको मुख्य कारण के हो भन्नेबारे निर्माण पक्षको आधिकारिक प्रतिक्रिया आएपछि मात्र थप स्पष्ट हुने देखिन्छ । ‘बन्दुकको ट्रिगरभन्दा तिम्रो फिगर कडा’ गीतको विवादले नेपाली म्युजिक भिडियोमा चर्चित सामाजिक विषयवस्तुको प्रयोग, कलाकारको प्रस्तुति र मनोरञ्जनका नाममा गरिने दृश्य निर्माणबारे बहस सिर्जना गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend