जन आकाश
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नागरिकको जीवन सुरक्षालाई ध्यानमा राख्दै कम्पनीको ९औ बार्षिकोत्सवको उपलक्ष्यमा सन स्मार्ट प्रोटेक्सन बीमा योजना ल्याएको छ। असोज १ गते सम्पन्न गरिएको Product Inauguration कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालबाट र उच्च व्यवस्थापन कर्मचारीहरूको उपस्थितिमा उक्त बीमा योजनालाई शुभारम्भ गरिएको हो । कम्पनीले १८ वर्षदेखि ६५ वर्षसम्मका मानिसहरूका लागि थोरै लागतमा ठूलो आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले यो नयाँ योजना प्रस्तुत गरेको हो।
विशेष गरी युवा अवस्थामा रहेका परिवारका संरक्षकहरूको व्यावसायिक दायित्व र पारिवारिक दायित्वलाई सन्तुलनमा राखी आर्थिक सुरक्षा प्रदान गर्नु यस योजनाको मुख्य उद्देश्य रहेको छ। यो बीमा योजना कम्पनीका सम्पूर्ण शाखा कार्यालयका साथै डिजिटल माध्यमबाट पनि सहजै खरिद गर्न सकिन्छ र डिजिटल माध्यमबाट खरिद गर्नको लागि www.sunlife.com.np र Sun Connect बाट खरिद गर्न सकिने कम्पनीले जारी गरेको नोटमा उल्लेख छ।
योजनाका विशेषता तथा सुविधा
यस योजना अन्तर्गत न्यूनतम १० लाख रुपैयाँदेखि आयश्रोतका आधारमा जतिसुकै रकमसम्मको बीमाङ्क चयन गर्न सकिनेछ। बीमा शुल्क भुक्तानी मासिक, त्रैमासिक, अर्ध(वार्षिक तथा वार्षिक रूपमा गर्न सकिने सुविधा रहेको उल्लेख छ।
बीमितको निधन भएमा बीमाङ्क रकमको १०० प्रतिशत रकम दाबी भुक्तानी हुनेछ। यसका साथै ऐच्छिक सुविधा अन्तर्गत ५० हजार रुपैयाँसम्मको किरिया खर्च र १ लाख रुपैयाँसम्मको ुसन मेडिकेयरु आपत्कालीन स्वास्थ्य सेवा सुविधा पनि समेटिएको छ।
कम्पनीको परिचय र पहुँच
सन् २०७४र६र६ मा बीमक दर्ता भई औपचारिक व्यवसाय प्रारम्भ गरेको यस कम्पनीको अधिकृत पूँजी १० अर्ब र चुक्ता पूँजी ५।२८ अर्ब रुपैयाँ रहेको छ। क्ष्क्इ द्दठण्ण्ज्ञस्द्दण्द्दद्द प्रमाणित यो कम्पनी नेपालको पहिलो डिजिटल प्रविधिमैत्री जीवन बीमा कम्पनीको रूपमा स्थापित छ।
हाल ४० हजारभन्दा बढी अभिकर्ता तथा १३६ शाखा तथा उपशाखामार्फत कम्पनीले सेवा प्रदान गर्दै आएको छ। दुर्घटना, अशक्तता र आपत्कालीन रोगका कारण उत्पन्न हुने आर्थिक जोखिम न्यूनीकरण गर्दै दीर्घकालीन वित्तीय सुरक्षा प्रदान गर्नु कम्पनीको मुख्य ध्येय रहेको उल्लेख छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend