logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

बर्दियामा गुडिरहेको माइक्रोमा आगलागी


  • जन आकाश
  • आइतबार, असोज ४ २०८३

काठमाडौं ।  बारबर्दिया नगरपालिका–७ रम्मापुरस्थित ५ नम्बर चोकमा महेन्द्र राजमार्गमा गुडिरहेको माइक्रोमा आगलागी भएको छ। कोहलपुरबाट कैलालीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००२ ज ४३३ नम्बरको माइक्रोमा आगलागी भएको हो।



माइक्रोमा चालक र सहचालक मात्रै रहेको र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। आगलागीबाट गाडीमा रहेका कागजपत्र र ४२ हजार रुपैयाँ जलेर नष्ट भएको छ। आगो नियन्त्रणका लागि ठाकुरबाबा नगरपालिकाको दमकल परिचालन गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend