जन आकाश
काठमाडौं । भोटेकोसीमा आएको बाढीपछि सम्पर्कविहीन भएका ११ जनाको शव माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको क्षेत्रमा फेला परेको हो ।
भदौ १० गते आएको बाढीपछि बेपत्ता भएकाहरूको खोजीका क्रममा आयोजनाको अडिट–३ टनेलमा जालीमा अल्झिएको तथा हिलोमा दबिएको अवस्थामा ११ वटा शव फेला परेको नेपाली सेनाले जनाएको छ।
नेपाली सेना र आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी तथा उद्धार अभियान सञ्चालन गरेको थियो। फेला परेका शव निकालिएको र अझै सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्य जारी रहेको सेनाले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend