logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

मन्जरी तामाङको ‘दनदनी’ रर्याप गीत शुक्रबार सार्वजनिक हुँदै


  • जन आकाश
  • आइतबार, असोज ४ २०८३

काठमाडौं । पछिल्लो समय चर्चामा रहेकी बाल लेडी र्‍यापर मन्जरी तामाङको नयाँ र्‍याप गीत ‘दनदनी’ यही शुक्रबार सार्वजनिक हुँदैछ।



आफ्नै शब्द र आवाजमा तयार पारिएको उक्त गीत मन्जरीको जन्मदिनको अवसर पारेर (Manjali Tamang – Lady Rapper) अफिसियल युट्युब च्यानलमार्फत शुक्रबार बिहान १० बजे सार्वजनिक गरिनेछ।

लामो समयदेखि र्‍याप गीतमार्फत संगीत क्षेत्रमा सक्रिय मन्जरीले यसपटक आफ्नै शब्द, संगीत र आवाजमा ‘दनदनी’ बजारमा ल्याउन लागेकी हुन्। सानै उमेरदेखि विभिन्न गीत तथा म्युजिक भिडियोमा अभिनय गर्दै आएकी मन्जरी बहुप्रतिभाशाली बाल कलाकारका रूपमा समेत परिचित छिन्।

सानै उमेरमा उनले दर्जनौँ बाल र्‍याप गीतमा आवाज दिएकी छन् भने विभिन्न म्युजिक भिडियोमा अभिनयसमेत गरेकी छन्। यसअघि सार्वजनिक भएका “चर्चा छ चर्चा, गरिबलाई कानुन, भ्रष्टलाई फाँसी, कथा”  लगायत सामाजिक सन्देश बोकेका उनका गीतहरूले चर्चा पाएका छन्। उनका केही गीतले नेपाली संगीत क्षेत्रमा उल्लेखनीय छापसमेत छाडेका छन्।

संगीत क्षेत्रमा लाग्न आफ्नी आमाबाट प्रेरणा पाएकी मन्जरीले आफ्नो सांगीतिक यात्राका क्रममा विभिन्न अवार्ड तथा सम्मानसमेत प्राप्त गरिसकेकी छन्। सानै उमेरमा सांगीतिक क्षेत्रमा आफ्नो पहिचान बनाउँदै आएकी मन्जरीले यसपटक भने नयाँ शैली र सामाजिक सन्देश समेटिएको ‘दनदनी’ र्‍याप गीत लिएर दर्शक तथा स्रोतामाझ आउन लागेकी हुन्। गीत यही शुक्रबार बिहान १० बजे मन्जरी अफिसियल युट्युब च्यानलबाट सार्वजनिक हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend