जन आकाश
काठमाडौं । सप्तरीबाट प्रहरीले करिब १४ सय किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
डाक्नेश्वरी नगरपालिका–६ कटैया गाउँस्थित भोला सदाको घरमा गएराति करिब पौने १ बजे खानतलासी गर्दा ५६ वटा बोरामा प्याक गरिएको अवस्थामा करिब १४ सय किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले सदाको घरमा खानतलासी गरेको थियो।
गाँजासहित पक्राउ परेका सदालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी लगिएको छ। सीमावर्ती क्षेत्र भएकाले बरामद गाँजा भारततर्फ निकासी गर्न लागिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend