जन आकाश
काठमाडौं । गोरखास्थित मनास्लु हिमालको आधार शिविरमा हिमतालबाट हुन सक्ने जोखिम न्यूनीकरणको माग गर्दै ११ जना युवा अनशनमा बसेका छन्।
चुमनुब्री गाउँपालिका–१ र ७ का युवाहरू आधार शिविरमै बसेर अनशन गरिरहेका हुन्। अनशनको आज तेस्रो दिन हो।
अनशनरत दावा नोर्बु लामाका अनुसार उनीहरू समुद्री सतहबाट करिब ५ हजार ३० मिटर उचाइमा रहेको आधार शिविरमा अनशनमा बसेका छन्।
आधार शिविरमा केही दिनदेखि हिमपात भइरहेको छ। हिमपातकै बीच अनशन जारी राख्दा अनशनरत केही युवाको स्वास्थ्यमा समस्या देखिन थालेको बताइएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend