जन आकाश
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल लिगल कोओपरेशन’ कार्यक्रममा सहभागी हुन आइतबार बिहान चीन प्रस्थान गरेका छन्।
चाइना ल सोसाइटीको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन प्रधानन्यायाधीश शर्मासहितको भ्रमण टोली चाइना साउदर्न एयरलाइन्समार्फत ग्वान्झाउ प्रस्थान गरेको हुन ।
भ्रमण टोलीमा प्रधानन्यायाधीश शर्माकी पत्नी उमा शर्मा, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेल र उपरजिस्ट्रार राजेन्द्र पौडेल सहभागी छन्।भ्रमण टोली असोज ८ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend