logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

देउवा पक्षले तोक्यो भूगोल थापालाई गोरखा संयोजक


  • जन आकाश
  • आइतबार, असोज ४ २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिले गोरखामा नेता भूगोल थापालाई जिल्ला संयोजक तोकेको छ।



पूर्वमहामन्त्री तथा १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले गोरखामा अधिवेशनसम्बन्धी गतिविधि सञ्चालन गर्ने जिम्मेवारी थापालाई दिएका हुन्।

असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने गरी कोइराला नेतृत्वको समितिले कार्यतालिका अघि बढाएको छ।

गोरखामा वडा अधिवेशनदेखि जिल्ला अधिवेशनसम्मका संगठनात्मक गतिविधि सञ्चालन तथा समन्वय गर्ने जिम्मेवारी जिल्ला संयोजक थापाको रहनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend