logo आइतबार, असोज ४ २०८३ | Sunday 20th September 2026

सामसङ नेपालको दसैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने


  • जन आकाश
  • आइतबार, असोज ४ २०८३

काठमाडौं । सामसङ नेपालले दसैं–तिहारको अवसरमा आफ्ना टिभी तथा होम अप्लायन्समा ‘स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा’ अफर सार्वजनिक गरेको छ।



सेप्टेम्बर २० देखि नोभेम्बर १६, २०२६ सम्म सञ्चालन हुने अफरअन्तर्गत ग्राहकले सामसङका टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन वा एसी खरिद गर्दा दैनिक तथा साप्ताहिक लक्की ड्रमा सहभागी भई उपहार तथा थप क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

अफरअन्तर्गत दैनिक ३१ जना विजेता छनोट गरिनेछ। दैनिक विजेताले सामसङको ९ केजी फ्रन्टलोड वासिङ मेसिन वा ५५ इन्च यूएचडी टिभीमध्ये एक उपहार जित्ने अवसर पाउनेछन्। यस्तै, साप्ताहिक ८ जना विजेताले सामसङ एसी जित्ने मौका पाउनेछन्।

लक्की ड्रमा सहभागी हुन खरिद गरिएको उपकरणको पछाडि रहेको स्टिकरमा उल्लेखित १४ अंकको सिरियल नम्बर प्रयोग गरी ‘SAMSUNG SPACE १४ अंकको सिरियल नम्बर’ लेखेर ३७२७३ मा एसएमएस पठाउनुपर्नेछ। एसएमएस पठाएपछि ग्राहकले तत्कालै पुष्टिको सन्देश प्राप्त गर्नेछन्।

लक्की ड्रका विजेताको घोषणा प्रत्येक बुधबार इमेज च्यानलको ‘म्युजिक अफ योर च्वाइस’ कार्यक्रममा गरिनेछ। विजेताको सूची स्मार्ट प्लाजा र बिग डिजिटलका फेसबुक पेजमा समेत सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

अफरमा लक्की ड्रसँगै छनोट गरिएका उत्पादनमा थप क्यासब्याक र उपहारको व्यवस्था गरिएको छ। टिभीमा २६ प्रतिशतसम्म क्यासब्याक, निःशुल्क साउन्डबार तथा छनोट गरिएका मोडलमा १२ महिनासम्म निःशुल्क नेटटीभी प्याकेज उपलब्ध हुनेछ।

त्यस्तै, रेफ्रिजेरेटरमा २१ प्रतिशतसम्म क्यासब्याक र ५ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस तथा वासिङ मेसिनमा १८ प्रतिशतसम्म क्यासब्याक र ३ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस उपलब्ध हुनेछ। छनोट गरिएका वासिङ मेसिन मोडलमा ६ केजी सर्फ एक्सेल म्याटिक डिटर्जेन्टसमेत निःशुल्क पाइनेछ।

ग्राहकले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्समार्फत १२ वा २४ महिनाको ईएमआई योजनामा उपकरण खरिद गर्न सक्नेछन्।

नयाँ सामसङ होम अप्लायन्समा अपग्रेड गर्न चाहने ग्राहकले अर्कोस्टोर वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरमार्फत आफ्ना पुराना उपकरण एक्सचेन्ज गर्न सक्ने कम्पनीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend