logo सोमबार, असोज ५ २०८३ | Monday 21st September 2026

डेटा सेन्टरमा प्राविधिक समस्या, आजको सेयर कारोबार स्थगित


  • जन आकाश
  • सोमबार, असोज ५ २०८३

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज असोज ५ गतेको नियमित सेयर कारोबार स्थगित गरेको छ।



नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर रहेको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएको थियो। समस्या समाधानका लागि प्रयास भइरहे पनि हालसम्म समाधान हुन सकेको छैन।

डेटा सेन्टरको समस्या समाधान नभई कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएपछि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले आजको कारोबार स्थगित गर्न नेप्सेसमक्ष निवेदन दिएको थियो।

सोही निवेदनका आधारमा नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) बमोजिम आजको नियमित सेयर कारोबार स्थगित गरेको जनाएको छ।

कारोबार स्थगित हुँदा लगानीकर्ता तथा सम्बन्धित पक्षमा पर्न गएको असुविधाप्रति नेप्सेले क्षमासमेत मागेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend