logo सोमबार, असोज ५ २०८३ | Monday 21st September 2026

टाटा टियागो ईभीमा आकर्षक अफर, ४ लाख ३ हजार डाउनपेमेन्टमै गाडी घर लैजान सकिने


  • जन आकाश
  • सोमबार, असोज ५ २०८३

काठमाडौं । टाटा मोटर्सको नयाँ टियागो ईभी नेपाली बजारमा विशेष अफरसहित उपलब्ध भएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टियागो ईभीलाई लक्षित गर्दै ‘जोयफुल विक’ नामक विशेष अभियान सञ्चालन गरिरहेको छ।



सेप्टेम्बर १९ देखि २६ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत ग्राहकले ४ लाख ३ हजार रुपैयाँ डाउनपेमेन्टमा नयाँ टियागो ईभी घर लैजान सक्नेछन्।

‘एक्सचेन्ज, अपग्रेड, सेलिब्रेट’ मुख्य सन्देशसहित सञ्चालन भइरहेको अभियानमा ग्राहकले आफ्नो पुरानो गाडी एक्सचेन्ज गरी नयाँ विद्युतीय गाडीमा अपग्रेड गर्ने अवसर पाउने कम्पनीले जनाएको छ।

अभियानअन्तर्गत नयाँ टियागो ईभी बुकिङ गर्ने प्रत्येक ग्राहकले आकर्षक उपहार प्राप्त गर्नेछन्। पुरानो गाडी एक्सचेन्ज गर्दा ‘बेस्ट एभर एक्सचेन्ज भ्यालुएसन’को सुविधा पनि उपलब्ध गराइने कम्पनीको भनाइ छ।

त्यस्तै, अभियान अवधिभर गाडी खरिद गर्ने ग्राहकले निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर तथा निःशुल्क होम चार्जिङ इन्स्टलेसनको सुविधा पाउनेछन्।

कम्पनीका अनुसार नयाँ टियागो ईभी आधुनिक डिजाइन, सहज विद्युतीय ड्राइभिङ अनुभव र दैनिक प्रयोगका लागि उपयुक्त विशेषताका कारण नेपाली बजारमा लोकप्रिय विद्युतीय मोडलका रूपमा स्थापित हुँदै आएको छ।

आफ्नो पुरानो गाडीलाई विद्युतीय सवारीसाधनमा अपग्रेड गर्न चाहने ग्राहकलाई लक्षित गर्दै ‘जोयफुल विक’ अभियानले एक्सचेन्जदेखि नयाँ गाडी खरिदसम्मको प्रक्रियालाई थप सहज र आकर्षक बनाउने कम्पनीले जनाएको छ।

ग्राहकले नेपालभर रहेका टाटा मोटर्सका आधिकारिक सोरुममा सम्पर्क गरी टियागो ईभीबारे जानकारी लिन, टेस्ट ड्राइभ गर्न तथा उपलब्ध अफरबारे बुझ्न सक्नेछन्। अभियान सीमित अवधिका लागि अर्थात् सेप्टेम्बर १९ देखि २६ गतेसम्म मात्र सञ्चालन हुने कम्पनीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend