जन आकाश
काठमाडौं । सरकारले रसुवागढी क्षेत्रमा बाढीले बगाएको स्थानमा पुनः सडक निर्माण नगर्ने भएको छ। भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बाढीका कारण जोखिमयुक्त बनेका स्थानमा पुरानै संरचना पुनः निर्माण गर्ने पक्षमा सरकार नरहेको बताएका हुन्।
संसद्को पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले नदीले कटान गरेका तथा बाढीका कारण जोखिम बढेका स्थानमा पुनः सडक निर्माण नगर्ने स्पष्ट पारे।
उनका अनुसार सडक निर्माणका क्रममा भएको ‘लो कटिङ’का कारण पहिरो खसेको स्थानलाई आवश्यकताअनुसार पुनः उठाउनुपर्ने भए पनि बाढीले नै सडक बगाएको स्थानमा त्यही ठाउँमा सडक बनाउने सरकारको नीति छैन।
‘लो कटिङका कारण खसेको ठाउँमा उठाउनुपर्छ। तर, बाढीले बगाएको ठाउँमा फेरि बनाउने पक्षमा छैनौँ। हामी ‘बिल्ड ब्याक बेटर’ भन्ने पक्षमा छैनौँ,’ मन्त्री लम्सालले भने।
सरकारले जोखिमको पुनर्मूल्यांकन गरी सुरक्षित स्थान र दीर्घकालीन समाधानलाई प्राथमिकता दिने जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend