जन आकाश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कविन्द्र बुर्लाकोटी सोमबार कालो चस्मा लगाएर प्रतिनिधिसभा बैठकमा सहभागी भएका छन्।
बुर्लाकोटीले आँखामा समस्या भएका कारण चिकित्सकीय सल्लाहअनुसार चस्मा प्रयोग गरेको बताएका छन्।
‘आँखामा समस्या भएकोले चस्मा प्रयोग गरेको छु, क्षमा चाहन्छु,’ उनले भने।
यसअघि सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतक तथा सचेतकहरूमार्फत प्रतिनिधिसभा बैठकमा सांसदहरूलाई कालो चस्मा नलगाउन अनुरोध गरिदिन आग्रह गरेका थिए।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहले पनि आँखामा समस्या रहेको र चिकित्सकको सल्लाहअनुसार कालो चस्मा लगाउनुपर्ने भन्दै संसद् सचिवालयमा लिखित जानकारी गराएका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend