logo मंगलबार, असोज ६ २०८३ | Tuesday 22nd September 2026

राजनीतिक विश्लेषक भरतमणि दाहालको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश


  • जन आकाश
  • मंगलबार, असोज ६ २०८३

काठमाडौं । राजनीतिक विश्लेषक भरत (भरतमणि)  दाहालको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिट निवेदनमा कारण देखाउ आदेश जारी भएको छ ।



दाहाललाई आइतबार प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको थियो । आफ्नो युट्युब च्यानलमार्फत भूराजनीतिक र उच्च राजनीतिक व्यक्तिहरूको बारेमा भ्रामक प्रचार गरेको कसुरमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

दाहालकी छोरी डेनिकाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दिएकी थिइन् । उक्त रिटमाथि मंगलबार न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ भएको हो । इजलासले दाहाललाई पक्राउ गर्नुको कारण माग गरेको हो । सरकारकातर्फबाट जबाफ आएपछि अर्को पेसी तोकिने छ । त्यसपछिमात्र अदालतले बन्दीप्रत्यक्षीकरण रिट जारी हुने या नहुने फैसला गर्नेछ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend