जन आकाश
गजल
कहिले जलाउछ कहिले बगाउँछ मेरो देशलाई।
हे भगवान किन?यति धेरै रुवाउछ मेरो देशलाई।
यता तान्दा उता तान्दा च्यात्तिएको चोली आमाको।
बर्षै पिच्छे पिडा किन?जिउँदै जलाउछ मेरो देशलाई।
एउटा घाउमा खाटा नबस्दै अर्को घाउ लाग्छ सधैं।
बाहिर ठिक्क भित्र भित्रै छुरा चलाउछ मेरो देशलाई।
कति हराए कति मरे एकिन छैन आजसम्म पनि।
दर्दानक पिडा विशेक नहुने घाउछ मेरो देशलाई।
इतिहासकै यो कहालीलाग्दो दिन कसरी बिर्सु म।
अझै डर त्रासले कतिन्जेल सताउछ मेरो देशलाई।
बिन्ती बहस गर्ने समय छैन सक्दो सहयोग गरौं।
हामीमा एकता भयौं भने बचाउछ मेरो देशलाई ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend