जन आकाश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच बुधबार बिहान भेटवार्ता भएको छ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक तथा समसामयिक अवस्थाबारे छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेपछि वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend