logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

फोहोरमैला व्यवस्थापन विधेयक २०८३ संसदमा पेस


  • जन आकाश
  • बुधबार, असोज ७ २०८३

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ पेस गरिएको छ।



पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पेस गरेको उक्त विधेयकलाई सदनले विचारार्थ प्रस्तुत गर्न अनुमति दिएको हो।

विधेयक पेस गर्दै मन्त्री लम्सालले फोहोरमैलाको उत्सर्जन, संकलन, विसर्जन तथा समग्र व्यवस्थापनमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको भूमिका तथा जिम्मेवारीलाई थप स्पष्ट पार्न आवश्यक रहेको बताए।

उनले तीन तहका सरकारबीच प्रभावकारी समन्वय कायम गर्दै स्वच्छ र स्वस्थ वातावरण निर्माण गर्न विधेयक आवश्यक रहेको उल्लेख गरे।

विधेयकको मुख्य उद्देश्य फोहोरमैलाबाट मानव स्वास्थ्य र वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्नु रहेको छ।

त्यस्तै, चक्रीय अर्थतन्त्रको अवधारणालाई आत्मसात् गर्दै फोहोरमैला प्रशोधन गरी त्यसलाई पुनः स्रोत सामग्रीका रूपमा उपयोग गर्ने कानुनी आधार तयार पार्ने लक्ष्य पनि विधेयकले लिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend