logo शुक्रबार, असोज ९ २०८३ | Friday 25th September 2026

दीर्घायु कुमार श्रेष्ठले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको सपथ लिए


  • जन आकाश
  • बुधबार, असोज ७ २०८३

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिएका छन्।



ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनलाई पद तथा गोपनीयताको सपथ गराएका हुन्।

सपथपछि मन्त्री श्रेष्ठले प्राधिकरणको प्रणालीलाई थप बलियो बनाउँदै निष्ठापूर्वक काम गर्न नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठलाई निर्देशन दिए। उनले मन्त्रालय र मातहतका निकायबीच प्रभावकारी समन्वय कायम गर्न पनि आग्रह गरे।

मन्त्री श्रेष्ठले भोटेकोशी बाढीको चुनौतीपूर्ण अवस्थामा कायममुकायम कार्यकारी निर्देशकका रूपमा श्रेष्ठले गरेको कार्यसम्पादनप्रति धन्यवादसमेत व्यक्त गरे।

मन्त्रिपरिषद्को असोज २ गते बसेको बैठकले दीर्घायु कुमार श्रेष्ठलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend