जन आकाश
काठमाडौं । समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चारवटा सहकारीका १०५ बचतकर्तालाई रकम फिर्ता गरेको जनाएको छ।
समितिका अनुसार शिव शिखर सहकारीका ३५, ओरिन्टल को–अपरेटिभका २, तुलसी सहकारीका १३ र कान्तिपुर सहकारीका ५५ बचतकर्ताले रकम फिर्ता पाएका छन्।
सरकारका अनुसार बचतकर्तालाई फिर्ता गरिएको रकम समस्याग्रस्त सहकारीबाट असुल गरिएको ऋण तथा व्यवस्थापन गरिएको सम्पत्तिबाट प्राप्त भएको हो।
समितिले पहिलो चरणमा थोरै बचत भएका बचतकर्तालाई प्राथमिकता दिइएको जनाएको छ। अब बचत रकमका आधारमा वर्गीकरण गर्दै अन्य बचतकर्ताको रकम पनि क्रमशः फिर्ता गरिनेछ।
सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित बचतकर्तालाई प्रचलित कानुनअनुसार फिर्ता गर्ने प्रक्रिया निरन्तर अघि बढिरहेको समितिले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend