जन आकाश
काठमाडौं । नेपाली इनर्जी ड्रिंक बजारमा नयाँ ब्रान्डका रूपमा प्रवेश गरेको ‘एक्सट्रिम’ ले बजार विस्तारसँगै आफ्नो ब्रान्ड पहिचान बलियो बनाउन मार्केटिङ तथा खेलकुद प्रायोजनलाई प्राथमिकता दिएको छ।
एग्रो थाई फुड्स प्रालिले उत्पादन गर्दै आएको एक्सट्रिमले बजारमा आफ्नो उपस्थितिलाई व्यापक बनाउन विभिन्न माध्यमबाट ब्रान्डिङ गरिरहेको जनाएको छ। सामान्य खुद्रा पसलदेखि सुपरमार्केटसम्म उत्पादनको उपलब्धता बढाउनुका साथै प्रत्यक्ष उपभोक्ता सम्पर्क र डिजिटल प्रचारलाई समेत मार्केटिङ रणनीतिको हिस्सा बनाइएको कम्पनीको भनाइ छ।
वर्षौंदेखि स्थापित ब्रान्डको प्रभाव रहेको इनर्जी ड्रिंक बजारमा प्रतिस्पर्धा गरिरहेको एक्सट्रिमको मार्केटिङ रणनीतिको नेतृत्व सोनिया रानाले गर्दै आएकी छन्। कम्पनीले गुणस्तर, बजार उपलब्धता र निरन्तर ब्रान्डिङलाई आफ्नो विस्तारको मुख्य आधार बनाएको जनाएको छ।
युवालाई प्रमुख लक्षित उपभोक्ता समूह मानेको एक्सट्रिमले खेलकुद क्षेत्रमा पनि लगानी बढाउँदै आएको छ। कम्पनीका अनुसार नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि आठमध्ये छ फ्रेन्चाइज टोलीसँग टाइटल स्पोन्सरसिप सम्झौता गरिएको छ।
खेलकुदमार्फत टेलिभिजन, डिजिटल प्लेटफर्म तथा प्रत्यक्ष दर्शकमाझ एकैपटक पुग्न सकिने भएकाले यस क्षेत्रमा लगानी बढाइएको कम्पनीले जनाएको छ। एनपीएलसँगै अन्य खेलकुद गतिविधिमा समेत एक्सट्रिमको प्रायोजन देखिँदै आएको छ।
मार्केटिङ रणनीतिमा खेलकुद, डिजिटल माध्यम र प्रत्यक्ष उपभोक्ता सम्पर्कलाई जोड दिँदै एक्सट्रिमले स्थापित ब्रान्डसँग प्रतिस्पर्धाका लागि बजार विस्तारलाई तीव्र बनाएको छ।
उत्पादनको गुणस्तर र उपलब्धतासँगै निरन्तर ब्रान्डिङमार्फत उपभोक्ताको रोजाइमा स्थान बनाउने प्रयासलाई कम्पनीले आफ्नो दीर्घकालीन बजार रणनीतिको हिस्सा बनाएको जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend