जन आकाश
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीका सदस्यहरूको नाम सचिवालय बैठकमा पेश गरेका छन्।
बिहीबार बिहान १० बजेदेखि पार्टी कार्यालय ललितपुरको च्यासलमा जारी सचिवालय बैठकमा अध्यक्ष ओलीले स्थायी कमिटीमा रहने नेताहरूको नाम प्रस्ताव गरेका हुन्।
प्रस्तावित नाममा देवराज घिमिरे, काशीनाथ अधिकारी, शिवमाया तुम्बाहाङ्फे र विमला घिमिरेलगायत रहेका छन्।
अध्यक्ष ओलीले बाँकी नाम भने समेटिन छुटेका जिल्लाबाट प्रतिनिधित्व हुने गरी थप गर्ने बताएका छन्।
एमालेको व्यवस्थाअनुसार पार्टीका १८ जना सचिवालय पदाधिकारी स्वतः स्थायी कमिटी सदस्य हुने व्यवस्था छ। त्यसबाहेक थप सदस्यको नाम अध्यक्षले सचिवालय बैठकमा प्रस्ताव गरेका हुन्।
स्थायी कमिटी गठनसँगै एमालेको आगामी सांगठनिक कार्यदिशा, जिम्मेवारी बाँडफाँट र पार्टी सञ्चालनमा नयाँ संरचनाले प्रभाव पार्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend