logo शुक्रबार, असोज ९ २०८३ | Friday 25th September 2026

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, सबै यात्रु सुरक्षित


  • जन आकाश
  • बिहिबार, असोज ८ २०८३

काठमाडौं ।  डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको छ।



नेपालगन्जबाट यात्रु लिएर गएको जहाज बिहीबार बिहान ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी इन्स्पेक्टर पदम रावलका अनुसार अवतरणका क्रममा जहाजको पछाडितर्फको दाहिनेतर्फको चक्का फुत्किएर बाहिर निस्किएको थियो।

जहाजमा ७ जना विदेशी र ६ जना नेपाली गरी १३ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा जहाजमा सवार सबै यात्रु सुरक्षित रहेको इन्स्पेक्टर रावलले जानकारी दिए। घटनाबारे थप विवरण आउन बाँकी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend