logo शुक्रबार, असोज ९ २०८३ | Friday 25th September 2026

त्रिभुवन विमानस्थलमा भारतीय नागरिकको भित्री वस्त्रबाट ५३५ ग्राम सुन बरामद


  • जन आकाश
  • बिहिबार, असोज ८ २०८३

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक भारतीय नागरिकको भित्री वस्त्रमा लुकाएर ल्याइएको ५३५ ग्राम सुन प्रहरीले बरामद गरेको छ।



फ्लाई दुबईको उडानमार्फत बिहीबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका भारतको केरला स्थायी ठेगाना भएका भारतीय नागरिक मोहम्मद चेरा थोडीलाई प्रहरीले पक्राउ गरेको हो।

उनको गतिविधि शंकास्पद देखिएपछि विमानस्थल प्रहरीले चेकजाँच गर्दा उनले लगाएको भित्री वस्त्रभित्र प्लास्टिकमा पोको पारेर लुकाइएको अवस्थामा ५३५ ग्राम पहेँलो धातु (सुन) फेला पारेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद सुन भन्सार छली अवैध रूपमा नेपाल ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका भारतीय नागरिकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend