जन आकाश
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले छुट्टै महाधिवेशनको तयारी तीव्र पारेको छ। आफ्नो पक्षको महाधिवेशन प्रक्रिया अघि बढाउन असहमत जिल्ला सभापति रहेका जिल्लामा देउवा समूहले धमाधम संयोजक तोक्न थालेको हो।
संस्थापन पक्षले असोज १६ गतेदेखि महाधिवेशन प्रक्रिया अघि बढाउने तयारी गरिरहेका बेला देउवा समूहले भने असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तयारी गरेको छ।
१५औँ महाधिवेशन तयारी समिति सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलका अनुसार अधिकांश जिल्लामा संयोजक तोकिसकिएको छ। बाँकी जिल्लामा पनि संयोजक तोक्ने काम भइरहेको र शुक्रबारसम्म औपचारिक रूपमा नाम सार्वजनिक गरिने उनले बताए।
प्राप्त सूचीअनुसार मधेश प्रदेशका सबै जिल्ला तथा अछाम, सिन्धुली, काभ्रे, तनहुँ, मुस्ताङ, स्याङ्जा, रुकुम पश्चिम, सल्यान, ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, सुनसरी र सोलुखुम्बुमा संयोजक तोक्न बाँकी छ।
कोशी प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
सुदूरपश्चिम प्रदेश
कर्णाली प्रदेश
देउवा समूहले बाँकी जिल्लामा पनि संयोजक तोकेर वडा तहदेखि आफ्नो पक्षको महाधिवेशन प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend