logo शुक्रबार, असोज ९ २०८३ | Friday 25th September 2026

ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले


  • जन आकाश
  • बिहिबार, असोज ८ २०८३

काठमाडौं  । मेरिङदेन गाउँपालिका–३ दोभानमा भीषण आगलागी भएको छ। आगलागीबाट करिब १० घर जलेर नष्ट भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालन भएका छन्। सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजङ्घा गुल्मबाट समेत सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।



प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार आगो नियन्त्रणमा लिन सुरक्षाकर्मी र स्थानीयवासीले प्रयास गरिरहेका छन्। आगो निभाउन दमकलसमेत प्रयोग गरिएको छ। दोभानमा करिब ५० घरधुरी रहेको बताइएको छ। आगलागीको कारण र क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend