logo शुक्रबार, असोज ९ २०८३ | Friday 25th September 2026

प्रधानमन्त्री शाह र अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानी बिच भेटवार्ता


  • जन आकाश
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं ।  अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले विनाशकारी बाढीबाट प्रभावित नेपाललाई पुनःस्थापना र पुनर्निर्माणका क्रममा अस्ट्रेलियाले निरन्तर सहयोग गर्ने बताएका छन्।



संयुक्त राष्ट्रसंघको महासभाका क्रममा बिहीबार नेपाली प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्दै अल्बानीजले बाढी तथा विपत्तिबाट प्रभावित नेपालीप्रति समवेदना व्यक्त गरेको बताएका हुन्। अल्बानीजले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहसँगको भेटमा नेपालमा भइरहेको उद्धार तथा मानवीय सहयोगका विषयमा समेत जानकारी गराएको उल्लेख गरेका छन्। उनले विपत्तिमा परी बेपत्ता रहेका अस्ट्रेलियाली नागरिकका परिवारप्रति पनि समवेदना व्यक्त गरेका छन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend