जन आकाश
सुर्खेत । नेकपा एमालेबाट निर्वाचित वीरेन्द्रनगर नगरपालिका—३, का वडाध्यक्ष विनोदसिंह विष्टले पार्टी छाडेको घोषणा गरेका छन् ।
उनले आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै आजको मितिदेखि एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।
उनी २०७९ को स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए । यद्यपि वडाध्यक्ष पदबारे भने उनले कुनै उल्लेख गरेका छैनन् । बाँकी कुरा पत्रकार सम्मेलनमार्फत जानकारी गराउने बताएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend