logo शनिबार, असोज १० २०८३ | Saturday 26th September 2026

घुम्ती कवि गोष्ठी पुग्यो कपनमा


  • जन आकाश
  • शनिबार, असोज १० २०८३

 



मोहन कार्की । घुम्ती कवि गोष्ठी मितिः २०८३ असोज ९ गते कपनमा पुगेको छ । प्रत्येक महिनाको पहिलो शनिवार घुम्दै जादा जाहा पुगिन्छ त्यही नै कविहरुले कविता वाचन गर्ने उदेश्य राखि केही वर्ष अगाडी सञ्चालन हुदै आएको कविहरुको स्वविवेकवाट शुरु भएको कार्यक्रम पछि संस्थाको रुपमा विकास भएको थियो । हाल यस संस्थाका अध्यक्ष माधवलाल श्रेष्ठ रहेका छन् । जुन क्षेत्रमा पुुगिन्छ त्यो क्षेत्रका संयोजक तोकेर कार्यक्रम गरिदै आएको छ । यसपटकको कार्यक्रम संयोजक कपन निवासी भमरकोटवाट आएका काभ्रेका कवि दुर्गा अधिकारी (भमरकोटे) को संयोजकमा भव्य कार्यक्रम भएको छ । उक्त कार्यक्रममा ४७ जना कविहरुको उपस्थिति रहेको छ । कविहरुले आ–आफ्ना कविता, गीत, गजल, सुसेली गाएका छन् । धेरै जतिले गएको भदौ १० मा भोटेकोशीमा आएको बढीले पु¥याएको जनधनको क्षतिको विषयलाई समेटेर कविता, गीत, गजल गाएका छन् ।

https://www.facebook.com

 

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend