logo शनिबार, असोज १० २०८३ | Saturday 26th September 2026

एनपीएलका ७ टोली लक्षित गर्दै एक्सट्रीमको विशेष गेट अभियान


  • जन आकाश
  • शनिबार, असोज १० २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि एक्सट्रीम इनर्जी ड्रिङ्कले प्रतियोगितामा सहभागी सात टोलीलाई लक्षित गर्दै विशेष गेट अभियान सञ्चालन गरेको छ।



कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानबाहिर रहेका सात प्रवेशद्वारलाई एक्सट्रीमले आफूले प्रायोजन गरेका सात टोलीको पहिचानअनुसार सजाएको जनाएको छ। प्रत्येक गेटमा सम्बन्धित टोलीको ब्रान्डिङसँगै एक्सट्रीमका प्रचार सामग्री राखिएको छ।

एक्सट्रीमले एनपीएलका आठमध्ये काठमाडौं गोर्खाज, विराटनगर किड्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग टाइटल स्पोन्सरका रूपमा साझेदारी गरेको जनाएको छ।

प्रतियोगिता सुरु हुनुअघि नै समर्थकमा एनपीएलको माहोल सिर्जना गर्ने उद्देश्यले गेट ब्रान्डिङसँगै पोल ब्यानर, होर्डिङ र टेलिभिजन विज्ञापनमार्फत प्रचार अभियान सञ्चालन भइरहेको कम्पनीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend