जन आकाश
काडमाडौं । लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि बैतडी र दार्चुलामा सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालयले बैतडीमा आज बिहान ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म जिल्लाभर सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको हो। मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुवै जिल्लामा भारी वर्षाको जोखिम औँल्याउँदै सतर्कता अपनाउन आग्रह गरेपछि प्रशासनले यस्तो निर्णय गरेको जनाएको छ।
बैतडीमा गएरातिदेखि लगातार वर्षा भइरहेको छ। दुवै जिल्लाका स्थानीय प्रशासनले लामो तथा छोटो दूरीका सबै सवारीसाधन नचलाउन यातायात व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरेका छन्।
दार्चुलालाई ‘अति जोखिम’ वर्गमा राखिएकाले त्यहाँ पनि सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend