logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

काठमाडौं उपत्यकामा मौसम खुले पनि दिउँसो वर्षाको सम्भावना


  • जन आकाश
  • शनिबार, असोज १० २०८३

काठमाडौं । देशभरसँगै काठमाडौं उपत्यकामा पछिल्ला दुई–तीन दिनदेखि लगातार वर्षा भइरहेको भए पनि शनिबार बिहान भने मौसम केही खुलेको छ। केही समय घामसमेत लागेको थियो।



अहिले काठमाडौं उपत्यकामा घाम लाग्ने र बादल लाग्ने क्रम जारी छ। यद्यपि, दिउँसो पुनः वर्षा हुनसक्ने मौसमविद्हरूले बताएका छन्।

नेपालमा प्रभाव पारिरहेको भारतको न्यूनचापीय प्रणाली भने कमजोर हुँदै गएको जनाइएको छ। बिहान करिब ८ बजेतिर वर्षा रोकिएर मौसम खुलेपछि ललितपुरको धापाखेल हाइटबाट काठमाडौं उपत्यकाको खुलेको मौसमका दृश्यहरू देखिएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend