जन आकाश
काठमाडौँ । रसुवामा आएको भीषण बाढीले त्रिशूलीस्थित कृषि विकास बैंकको शाखा कार्यालयमा क्षति पुर्याएपछि बैंकले नुवाकोटको बट्टारबाट अस्थायी रूपमा सम्पूर्ण बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।
बाढी र लेदोसहितको बहावका कारण शाखाको भवन, उपकरण तथा सञ्चार प्रणालीमा क्षति पुगेपछि पुरानै स्थानबाट सेवा सञ्चालन गर्न कठिन भएको बैंकले जनाएको छ। सेवाग्राहीलाई सहजता प्रदान गर्न बट्टारबाट तत्काल बैंकिङ कारोबार सुरु गरिएको हो।
हाल बट्टारबाट निक्षेप संकलन, नगद भुक्तानी, रेमिट्यान्सलगायत अत्यावश्यक बैंकिङ सेवा नियमित रूपमा उपलब्ध भइरहेका छन्।
बैंकका अनुसार स्थायी रूपमा शाखा सञ्चालनका लागि उपयुक्त स्थानको खोजी तथा आवश्यक तयारी भइरहेको छ। नयाँ स्थान तय भएपछि त्यहीँबाट नियमित सेवा सञ्चालन गरिने बैंकले जनाएको छ।
शाखा स्थानान्तरणका कारण सेवाग्राहीमा परेको असुविधाप्रति बैंकले क्षमा माग्दै कठिन परिस्थितिमा साथ र विश्वास दिएकोमा ग्राहक तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend