जन आकाश
काठमाडौं । नेपाल मुनिज शिरोइ शिशि–रियो कराते संघको आयोजनामा छैटौँ राष्ट्रिय कराते च्याम्पियनसिप प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ।
आयोजकका अनुसार प्रतियोगिता २०८३ असोज १० गते शनिबार बिहान ७ बजे काठमाडौंको खुसीबुस्थित जुडो हलमा सञ्चालन हुनेछ। प्रतियोगितामा देशका विभिन्न स्थानबाट कराते खेलाडी तथा टिमहरूको सहभागिता रहने जनाइएको छ। कराते खेलको विकास, विस्तार तथा खेलाडीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा खेलाडीहरूले विभिन्न विधा तथा तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको मूल नारा ‘उत्कृष्ट कला, सशक्त प्रहार स् स्वर्ण पदक हाम्रो लक्ष्य र अधिकार’ रहेको छ। नेपाल मुनिज शिरोइ शिशि–रियो कराते संघले प्रतियोगितालाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन आवश्यक तयारी अघि बढाएको जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend