जन आकाश
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा दिएको छ। कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा दिएको हो।
कांग्रेस सहमहामन्त्री उदयशमशेर राणाले तीनै नेतासँग प्रत्यक्ष भेट गरी महाधिवेशनमा सहभागी हुन निमन्त्रणा प्रदान गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ गतेदेखि काठमाडौंको खुलामञ्चमा हुँदैछ। उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई सहभागी हुन सहमहामन्त्री राणाले आग्रह गरेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend